प्यूठानको सरुमारानीमा गाउँपालिका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गरि विभिन्न पदको भागवण्डा समेत गरेका छन ।
गाउँपालिका अध्यक्षम नेपाली काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्रलाई परेको छ। त्यस्तै वडाहरुमा माओवादी केन्द्रलाई ४ वटा,कांग्रेसलाई १ वटा र एकीकृत समाजवादीलाई १ वटा वडाको नेतृत्व पाएका छन । दलहरुबिच वडाअध्यक्ष जुन पार्टीको छ त्यसै पार्टीको चुनाव चिन्हमा वडा सदस्यहरु उम्मेद्धार हुने सहमति समेत गरेका छन ।
पालिका अध्यक्ष: नेपाली कांग्रेस
उपाध्यक्ष: नेकपा माओवादी केन्द्र
माओवादी केन्द्र ४ वटा वडा
नेपाली कांग्रेस १ वटा वडा
एकीकृत समाजवादीलाई १ वटा वडा दिने गरि सहमति गरिएको छ।