News Portal

नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’को टिजर भएकाे छ ।

फरकपोस्ट संवाददाता
१२ पटक

निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै  चलिचत्रकाे प्रदर्शन मिति समेत तय गरेको छ । दशैंको टीकाको पाँच दिनअघि १४ असोजबाट चलिचत्रले प्रदर्शन थालनी गर्ने भएको छ ।

साढे दुई मिनेटको टिजरमा चलचित्रमा मुख्य कलाकारकाे भूमिकामा  प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी–२’ लोकदोहोरी गायक प्रकाशको डेब्यू चलचित्र हो ।

यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारी सम्वन्धि कथावस्तुमा तयार पारिएकाे थियाे भने यसपटक नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको प्रस्तुत टिजरबाट अनुमान लगाउन सकिन्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत फिल्ममा प्रस्तुत गरिएको टिजरबाट बुझन् सकिन्छ । प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको अंश टिजरमा मिश्रित छ ।

नारायण इन्टरनेसनल प्रा.लि.को प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रकाे कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् ।
चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतका कलाकारहरूको समेत अभिनय छ ।

बिबि अनुरागीको संगीत रहेको चलचित्रमा साउण्ड डिजाइन तथा मिक्सिङ्ग श्‍यामश्‍वेत रसाइलीले गरेका छन ।  रामजी लामिछाने र गोविन्द राईको चलचित्रमा कोरियोग्राफी रहेको छ । गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतको स्वर छ । सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सहसम्पादन छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट चलचित्र दिएको ब्यानर, प्रकाश सपूतको डेब्यू चलचित्र, स्टार कलाकारहरूको अभिनय लगायतका कारण ‘परदेशी २’ प्रतीक्षित चलचित्र बनेकाे छ । चलचित्रकाे वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ । टिजरमा आएका प्रतिक्रिया सरसर्ति हेर्दा लगभ शतप्रतिशत सकारात्मक प्राप्त भएका छन ।

हामीले याे समाचार तयार पार्दासम्म टिजरलाई २ लाख ३० हजार भन्दा बढी पटक हेरिएकाे छ भने टिजर युटुबकाे टेण्ड्रिङ ३१ मा उक्लिएकाे छ । चलचित्रलाई शिखर सफलताकाे शुभकामना ।

टिजर

प्रतिकृया दिनुहोस्