गायक अर्जुन सापकोटाको स्वरमा नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।
मंगलवार सार्वजनिक ‘नाँचम नाँचम ओइ’मा अर्जुनलाई गायिका अञ्जु पोख्रेलले स्वरमा साथ दिएकी छिन् ।
कृष्ण बस्यालको शब्द रहेको गीतमा अर्जुनकै संगीत एवं हुकलाइन छ ।
विश्वास नेपालले गीतको एरेन्ज गरेका हुन् । गीतको भिडियोमा करिश्मा ढकाल र सरद एलजीको नृत्य एवं अभिनय छ ।
गायक–गायिका अर्जुन र अञ्जु स्वयं पनि भिडियोमा प्रस्तुत छन् ।
अमर सुनार ‘म्याक्स’को निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायाँकन एवं पदम सुवेदीले सम्पादन गरेका हुन् ।
अर्जुन पछिल्लो समय लोकदोहोरीमा रुचाइएका गायक हुन् ।
अर्जुनका ‘वनकी चरी’, ‘फुल्यो गुराँस’, ‘पछ्यौरी लिसियो’, ‘दुई दुना चार’ लगायतका गीत करोड क्लबमा छन् ।
पछिल्लो समय म्युजिक भिडियोमा पनि उनि उत्तिकै रोजाइमा परिरहेका छन् ।