आगाेपानी छुने र छुवाउने पुरानाे कुरिती वा कुसंस्कार हाे । पहिल्यै पहिल्यै समाजमा काेही कसैले गल्ती गरे समाजका लगभ सबै मान्छेले आगाेपानीकाे सामना गर्नुपथ्र्याे । गल्ती गरेकाे वा नगरेकाे छुट्टाउन आगाेपनी छुवाउने प्रचलन विद्यमान थियाे । तर अहिले यसकाे प्रवाभ निकै कम हुदै गइरहेकाे बेला यस्ताे घटना प्यूठानमा घटेकाे छ । जिल्लाकाे स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना बाटै आगाेपानी छुवाउने काम गरिएकाे छ । समाज र स्थानीय सरकारकाे नेतृत्वकर्ता जनप्रतिनिधिबाटै यस्ताे प्रकारकाे दुस्साहस हुनु निकै लजास्पद विषय नै हाे । समाजकाे रुपान्तरण र विकासकाे आश्वासन बाँडेर निर्वाचित भएका प्रतिनिधीहरुले नै यस्ता समाजमा रहेका गलत विषयलाई नियन्त्रण गर्नुकाे साटाे त्यस्ता कुरालाई आफैंले लाड्नु खाेज्नु सामन्ति साेच र चिन्तनकाे पराकाष्ठा हाे ।
स्वर्गद्वारी नगरपालिका मा मसालको वैधानिकमोर्चा राष्ट्रिय जनमाेर्चा वाट उपमेयरमा निर्वाचित मिनराज रानाको उपस्थितिमा गाउँ भेला गरी वडा नं २ धनबाङ वस्ने वीर बाहदुर पुन समेतका व्यक्तिहरु लाइ आगोपानी छुन भनेको तर नमाने पछि राजनैतिक प्रतिशोधको आधारमा सामाजिक रूपमा अपमान गरेर गाउँमा प्राप्त हुने सामाजिक सेवा सुविधाबाट बञ्चित गरि सामाजिक बहिष्कार गर्ने निर्णय गरीएको छ । वीर वहादुर पुन मसाल छोडी ने क पा (मसाल) समन्वय समिति तिर लागेका छन् ।
गत साउन १७ गतेका दिन धैरेनी पाखावन सामुदायिक वनमा वस्तुभाउ चरेको विषयबाट आगाेपानीकाे कुरा आएकाे थियाे । वन उपभोक्ता समितिले छानविन गरि निर्णय लिनु पर्ने विषय भएतापनि छानविन नगरि घरमा २् वा ३ वाख्रा पाल्ने विर वहादुर पुन र वाख्रा नै नभएका अन्य व्यक्तिहरु लाइ सामुदायिक वनको बैठक मा वोलाइ वाख्रा गए नगएको भन्ने कुरामा आगोपानी छुन भनिएकाे थियाे । तर वीर बहादुर सहितकाे स्थानीयले याे निर्णयकाे प्रतिवाद गरेका थिए । उनीहरुले यस्ताे अन्धविश्वासलाई प्रश्य दिने काम नभइ आवश्यक छानविन गरि गाई बाख्रा चरी चरण गराउने ब्यक्तीको पहिचान गरि कारबाहीकाे दायरामा लिनुपर्ने माग गरेका थिए । आगोपानी छुन लगाएर गल्ती महसुस गर्नेलाई रू ५०० जरिवाना र आगोपानी नछुने लाइ रू १००० जरिवाना असुले निर्णय गरिएको वीर बहादुरले बताएका छन् । गाउँमा वस्तुभाउ नभएका जाे संख्यात्मक हिसाबले थाेरै घरमा बाँधेर पशुपालन गरिहरेका छन् उनीहरुलाई आगाेपानी छुन बाध्य पार्न नहुने र आगो पानी छुने तरिका आधुनिक न्याय प्रणालीमा ठिक पनि नभएकोले यसो गर्न नहुने मत राखेका थिए ।
आगाेपानी छुवाउने विषय संग पुन सहमत हुन नसक्दा उनलाई प्रगतिशील सामुदायिक वन कोष, गाउँ कोष र बिद्यालय कोष बाट बञ्चित गर्ने निर्णय गरेर सामाजिक बहिष्कार गर्ने निर्णय गरेको छन्। सामुदायका सार्वजनिक संस्था र संगठन र समूहरु कुनै राजनीतिक पार्टी विशेषकाे नभएर सबैकाे साझा सम्पति भएकाले काेही कसैले सत्ता र राजनीकाे आडमा नांगाे हस्तक्षेप गर्न नमिल्ने भन्दै उपमेयर जस्ताे उच्च ओहाेदाकाे व्यक्तिले यस्ताे खालकाे हदैसम्म गिरेर गरिएकाे गतल कार्य सच्चाउन नेकपा मसाल समन्वय समिति प्यूठानले एक प्रेस वक्तव्य जारी गर्दै माग गरेकाे छ । वकतव्यमा भनिएकाे छ वीर वहादुर पुन माथि जुन प्रकारको अमानवीय व्यवहार गरिएकाे छ यो अत्यन्तै घृणित, सामन्तवादी र पुरातनवादी साेचकाे उपच भएकाे भन्दै सत्ताको उन्मादमा जनतालाई दबाउने र हर्कतकाे निन्दा र भत्सर्ना गर्दै तुरुन्त फिर्ता गर्न नेकपा (मसाल) जिल्ला समन्वय समिति प्यूठानले माग गरेकाे छ ।