फरकपोस्ट संवाददातामंसिर २४ काठमाडौं

पोर्चुगललाई १-० ले स्तब्ध पार्दै मोरोक्को कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको ४२औं मिनेटमा मोरोक्कोको लागि नेेसिरीले गोल गरेका थिए । निर्धारित खेलको अवधिभर अरू कुनै गोल नभएकाले यही एक गोल निर्णायक भएको छ ।
यो जितसँगै मोरक्को बुधबार अर्जेन्टिनासँग सेमिफाइनलमा आम्नेसाम्ने हुनेछ ।