लुम्बिनी प्रदेशको प्यूठान जिल्लामा अवस्थित स्वर्गद्वारी मन्दिर धार्मिक पर्यटनको हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ ।
त्यहाँ दैनिक दर्शन गर्ने भक्तजको घुँईचो लाग्ने गर्दछ। दर्शनार्थी हरुको लागि त्यँहा हरेक बर्ष महायज्ञ सञ्चालन पनि हुदै आइरहेको छ । यज्ञ सञ्चालनका लागि गाईको शुद्द दूध, घ्यु उत्तिकै आवश्यक पर्ने भएकोले आश्रममा गौशाला निर्माण गरी गाईहरुको गाईहरुको संरक्षण गरिएको छ ।
अहिले स्वर्गद्वारी आश्रममा साना ठुला गरि करिब ५ सय बढि गाईहरुको संरक्षण गरिएको छ । आश्रमले गाई हरुको लालन पालन आन्तरिक श्रोत बाटै नै गर्दै आइरहेको छ ।
स्वर्गद्वारी आश्रमको नाममा रोल्पा, प्युठान र दाङ जिल्लामा हजारौँ बिगाह जग्गा भएपनि त्यसको आयस्ता बाफत अनाज र पराल उपलब्ध नहुँदा गाईको लालन पालनमा समस्या भएको छ । गाईलाई खुवाउने पराल अरुसँगै मागेर काम चलाउनुपर्ने बाध्यता रहेकोे छ । यतिबेला नियमित खर्च धान्न नै आश्रमलाई हम्मे हम्मे परिरहेको छ । यज्ञलाई अखण्ड राख्नपनि गाई पाल्नुपर्ने बध्यता छ, गाई नभए स्वर्गद्वारीको अस्तित्व पनि छैन स्वर्गद्वारी आश्रमका कोठारी तारा न्यौपानेले भने ।
यिनै बाध्यतालाई मध्यनजर गरी गाईहरुको लालन पालनमा देखिएको समस्यालाई कम गर्न लमहीका युवा व्यवसायीहरु पराल लिएर स्वर्गद्वारी पुगेका हुन् । २३ ट्रकमा पराल सहित दाना, नुन लिएर युवा व्यवसायीहरुको टोली स्वर्गद्वारी पुगेको हो ।युवा व्यवसायीहरुले व्यक्तिगत रकम संकलन गरि गाईको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको बताए ।
युवा व्यवसायी कमलजंग सिँह ठकुरी, रत्नप्रसाद श्रेष्ठ, केशबराज पन्त, सन्दिप पौडेल, अञ्जु श्रेष्ठ, रबिन्द्र जिसी, प्रमोद बस्नेत, सम्भु सिँह ठकुरी, अनिल कुमार मन्त्री, सुशील कुमार कौशल, बिनोद बिसी, गणेश चौधरी, शेखर भट्टराई लगायतले रकम संकलन गरी सहयोग गरेका हुन ।
ठुलो लगानीमा युवाहरुको टोलीले सहयोग गरेको यो पहिलो भएको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए । आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यबाद दिँदै सहयोगी दाता हरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गाई पालन तर्फ रुचि घट्दै गएको र धार्मिक तथा ऐतिहासिक आस्था माथी अप्रत्यक्ष रुपले प्रहार हुँदै गईरहेको परिबेसमा गौशालामा टेवा पुय्राउने उद्देश्यले सहयोग गरिएको युवा ब्यबसायी कमल जँग सिँह ठकुरीले बताए । स्वर्गद्वारीको अस्तित्व जोगाउने गाईको संरक्षणमा सबैले सक्दो सहयोग गर्नुपर्ने उनले बताए । महायज्ञ सञ्चालन सँगै दूध, घ्यु, उत्पादित हुने तरकारी तथा खाद्यान्न को लागि गाई अति आबश्यक भएकोले गाईको सँरक्षण गर्न आवश्यक रहेको केशबराज पन्तले बताए ।
स्वर्गद्वारी आश्रमका गाईहरुको सँरक्षणका लागि युवा समुहले प्रत्यक बर्ष सहयोग जुटाउँदै आएको छ ।