फरकपोस्ट संवाददाताफागुन २७ काठमाडौं
फागुन २७ काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भुटानी शरणार्थीका नाममा भएको झन्डै एक अर्ब ठगी घटनाको अनुसन्धान फितलो हुँदै गएकोमा आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आक्रोशित हुँदै भनेका छन् ‘खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तीनका सन्तानको ‘जगजाहेर तान्डव’ लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ?