News Portal

स्वर्गद्वारी नगरपालिका थ्रिफेज लाइन

फरकपोस्ट संवाददाता
१४ पटक

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिकाकाे केन्द्र रहेकाे भिंग्री बजारक्षेत्रमा करिव ६ महिना देखि थ्रिफेज विद्धुत लाइन नहुदा यहाँका ब्यापारी तथा व्यवसायीहरु यसकाे मारमा परेका छन् ।

नेपालकाे सात धाम मध्येकाे एक प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको काखमा अवस्थित स्वर्गद्वारीकाे आधार शिविरकाे रुपमा परिचित रहेको  यस भिंग्री बजार क्षेत्रमा विद्धुत  प्राधिकरणका लापरबाहीको कारण यहाँ व्यापारी व्यवसायिहरुले समस्या झेलिरहेका छन् ।

यस विषयमा यसै वडाका  वडा अध्यक्ष सुवर्ण कुमार श्रेष्ठले मर्मतसम्भार गरेर तत्काल समस्या समाधानका लागि वडाबाट एक लाख पचास हजार छुट्टाएकाे बताए ।  विद्धुत प्राविधिकरणका गैरजिम्मेवारीपना र लापरबाहीका कारण महिनाैंसम्म पनि यहाँकाे समस्या समाधान हुन नसकेकाे बताए ।

लामाे समयदेखि समस्या झेलिरहेका व्यापारी एवं व्यवसायीहरुले थ्रिफेज विद्धुत लाइन नुहाँदा आफूहरुकाे व्यापार व्यवसायमा घाटा व्यहाेर्नु परेकाे व्यवसायीहरुले बताएका छन् ।  सल्यानी होटल संचालन गरिरहनु भएका  का प्रोपाइटर भन्नू हुन्छ” मेरो होटल कुनै फ्रिज चल्दैन यो गर्मी सिजन मा फ्रिजमा समान राख्न नपाउदा धेरै समान सडेर फाल्नुपर्छ” हामीलाई व्यापार गर्न गाह्राे भएकाे छ ।  भयो लाइनको कारण मेरो होटलमा पाच वाट फ्रिज बन्द भएको छ होटल इन्द्रजाल का प्रोपाइटर पनि यस्तै गुनासो गर्नु हुन्छ
समयमा बिल नतिरेको कारण जरिवाना तिर्नुपर्छ सेवाग्राहीले हाम्रो लाइनको कारण क्षति भएको जरिवाना कसले तिर्छ समयमै विद्युत प्राधिकरण को ध्यान जान जरुरी छ

 

भोगिरहदा व्यापारी मारमा चाहि पर्नु भएको छ कुन दिन व्यापारी सडकमा आउनु हुन्छ थाहा छैन त्यसैले विद्युत प्राधिकरणले यो विषयमा गम्भीर भएर सोच्नुपर्छ र वडा बाट हुने सहयोग हामी निरन्तर गरिरहेका छौ यहि विषयमा केहि व्यापारीलाई हामीले सोध्दा

प्रतिकृया दिनुहोस्