News Portal

फरकपोस्ट संवाददाता
९ पटक

नेपाली गीत संगीतमा पर्दा पछाडि रहेर विगत एक दशकदेखि निरन्तर क्रियाशिल रहदै आएका व्यक्ति हुन्, गाेविन्द अनेक । बुवा धनबहादुर नेपाली र माता बेली देवी नेपालीकाे कोखबाट कान्छा सुपुत्रका रुपमा विसं २०५२ जेठ २१ गते प्यूठानको स्वर्गद्वारी नगरपालिका –२ स्वर्गद्वारी नयाँगाउँमा जन्मिएका हुन् गाेविन्द । कुशल रेकडिस्ट, संगीत संयाेजक, सँगै गीतकार, गायक तथा संगीतकारका रूपमासमेत नेपाली संगीत क्षेत्रमा स‌ंघर्षरत गाेविन्दका एक दाइ र एक दिदी रहेका छन् । कक्षा १० सम्मकाे ‍‍‌‌‌‍‍ओेपचारिक शिक्षा सकेर रेडियाे जलजला राेल्पामा पुगेका गाेविन्दले राेल्पा रहदा रेडियाे जलजला सँगै रेडियाे मालश्री, जनअपेक्षा राष्ट्रिय साप्ताहिक पत्रिकामा पत्रकारका रुपमा काम गरेका थिए । ७ कक्षामा पढ्दै गर्दा नै रेडियाे लिस्ने आवाज प्यूठानमा समाचारदातका रुपमा कार्यरत रहेका थिए । राेल्पा बस्दै गर्दा २०७१ सालमा गाेविन्दले पहिलाे एल्वम रेकर्ड गराएका थिए ।

उनेले स्मरण गरे आफ्नाे पहिलाे एल्वम अहिले उनले काम गरिरहेकाे प्रिज्म स्टुडियाेमा रेकर्ड गराएका थिए ।

कलाकारिता र पत्रकारितालाई सँगसँगै लिएर हिडेका गाेविन्दले राेल्पा बसाँइपछि प्यूठान फर्किएर प्यूठान जिल्लामै पहिलाेपटक सदरमुकाम बाहिर माेफलसलबाट माडीखबर साप्ताहिक पत्रिकाकाे प्रकाशक प्रधान सम्पादक भएर प्रकाशन गरेका थिए । उनी हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका  साधारण सदस्य एवं लुम्विनी प्रदेश परिषद् सदस्य रहेका छन । प्यूठान रहदा क्रान्तिकारी पत्रकार संगठनकाे अध्यक्षसमेत भइसकेका गाेविन्द काठमाण्डाैं प्रवेशपछि नितान्त गीत संगीतका निम्ति आफ्नाे समय खर्चिएका छन् ।

वरिष्ठ संगीतकार बिबि अनुरागीकाे सल्लाहमा काठमाण्डाै प्रवेश गरेका गाेविन्दले अनुरागीकै प्रिज्म स्टुडियाेमा रेकर्डिस्टकाे रुपमा काम पाए । संगीतकार बिबि अनुरागी बरिष्ठ ध्वनी सम्पादक श्यामश्‍वेत रसाइलीकाे छत्रछायामा रमेका गाेविन्दलाई उनीहरु सँगकाे संगतले विस्तारै गीत संगीतकाे प्राविधिक काम तिर तानेकाे बताउँछन् ।  नेपाली गीत संगीत प्रेमी दर्शक श्राेतामाझ प्रिय रहेकाे प्रिज्म स्ट्डियाेमा कार्यरत गाेविन्दले हजाराैं गीतकाे रेकर्डिङ  गरिसकेका छन् भने आफ्नाे सृजना एवम् स्वरमा दर्जन बढी गीत पनि रेकर्डिङ गराएर बजारमा लिएका छन् । उनले रेकर्डिङ गरेका चलचित्र ए मेरो हजुर -४ मा समावेश रहेको गीत ‘फूलको थुङ्गा’ ‘कुरा बुझ्नुपर्छ’, ‘दमाई महाराज’, ‘लाउन्न दाजै पिरती’, ‘जाम भो माइली’ ‘रमरम मरौटी’, ‘मन परेको मान्छे’ ‘जाले रुमाल फाट्यो’ ‘जुनमाया’ ‘सोल्टी बजारमा’ ‘अरेली काँडैले’ ‘जाेडी परेवा’ ‘धादिङ गजुरी’ ‘बन्दिपुरैमा’ ‘माया बिरानी’ ‘ताताे गाेली’ ‘कहाँकाे साइनाे’ ‘काउली’ ‘साेल्टीनी भनि बाेलाकाे’  जस्ता दर्जन बढी गीतहरुले कराेड क्लब नाघेका छन् भने कैयाैं गीतले मिलियन भ्युज पाएका छन् ।

गीतसंगीतमै केही गर्ने हुटहुटी लिएर अगाडी बढेका गाेविन्दले इमान्दारिता र धैर्यताका साथ निरन्तर संघर्ष र कर्म गरे सफलता मिल्ने विश्वास गर्छन् । बीबी अनुरागी, श्यामश्‍वेत रसाइलीलाई आफ्नो आइडलका रुपमा लिने गर्छन् ।

उनले ‘सकम्वरी’ गीतबाट भर्खरै सम्पन्न आठाैं राष्ट्रिय लाेकदाेहाेरी अवार्ड – २०८० काे सर्वाेत्कृष्ट रेकर्डिस्टकाे अवार्डसमेत जितेका छन् । उनले थुप्रै अवार्ड समारोह तथा कम्पनीहरूबाट सम्मान पाइसकेका छन्। पर्दापछाडीका काम भएकाले त्यति मिडियामा नआउने भएकाले पनि बाहिर त्यति चर्चा नहुने गरेकाे बताउँछन् । आफूले गरेकाे काेसिस र मेहनतलाई उच्च मुल्यांकन गरेर अवार्ड दिदाँ साच्चिकै हर्षविभाेर हुने उनले भनाइ छ ।

आफ्नाे कर्मलाई सर्वश्रेष्ठ स्थानमा राख्ने गाेविन्द अनेकले गीतसंगीतमा कर्म गरेर थुप्रै अग्रज गीत संगीतकर्मीहरुकाे माया, साथ, हाैसला र संगत पाएकाे बताए । लाखाैं कराेडाैं धन कमाउन नसकेपनि माया गर्ने मन कमाएकाे छु उनी भन्छन् । विपन्न परिवारमा जन्मिएर हुर्किएर विभिन्न आराेह अवराेहलाई पार गर्दै कैयाैं सुखदुखलाई छिचाेल्दै यहाँसम्म आएकाे उनले सुनाउछन् । अझै थुप्रै काम र कर्म गर्न बाँकी रहेकाले आफू निरन्तर गीत संगीतकै क्षेत्रमा क्रियाशिल रहिरहने बताउँछन् ।

प्रतिकृया दिनुहोस्