News Portal

प्रिय भाई गोविन्दलाई जन्मदिनको हृदयस्पर्शी शुभकामना

तिम्रा पाइला सधैं सफलताको फूलमाथि परुन्।जीवन सधैं संगीतजस्तै मधुर बनोस्।

१९ जेठ
१२ पटक
१९ जेठ

सल्लोको खोटोलाई दिया बनाएर पढ्ने तिमी, मकैको डिडो र सिस्नोको स्वादमा संघर्ष बुनेर हुर्किएको तिमी। साथीहरू रमाइरहँदा पनि तिमीले मनभरि समाज र देशका सपना सजाउने तिमी।त्यो खरको छानोमुनिको तिम्रो सपना आज धेरैका हृदय छुने धुन बनेर गुन्जिरहेको छ। तिमीले बोकेको अदम्य साहस र अपार मेहनतले आज तिमीलाई सपना देख्न सिकाउने प्रेरणा बनाएको छ।आज तिमी जन्मेको दिनमा यही सामाजिक सञ्जालमार्फत हृदयभरिको माया, आशीर्वाद र शुभकामना अर्पण गर्छु। तिम्रा पाइला सधैं सफलताको फूलमाथि परुन्।जीवन सधैं संगीतजस्तै मधुर बनोस्।

प्रतिकृया दिनुहोस्