आज असार १५, नेपालमा धान दिवस
असार १५ गतेलाई सुनौलो अक्षरले लेखिएको दिन मानिन्छ। यो दिन नेपाली किसानहरुले धान रोपेर हिलोमा रमाइलो गरेर राष्ट्रिय धान दिवस मनाउँछन्। यो पर्व केवल कृषि कार्यको सुरुवात होइन नेपालको सभ्यता संस्कृति अर्थतन्त्र र आम नेपालीको जीवनयापनसँग पनि नाता जोडिएको छ।
नेपाल सरकारले २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेको हो। यसको मुख्य उद्देश्य किसानहरुको श्रम, समर्पण र योगदानलाई सम्मान गर्नु साथै धानको उत्पादन र खाद्य सुरक्षामा यसको अहं भूमिका बारे जनचेतना जगाउनु हो।
धान नेपालको मुख्य खाद्य बाली हो। कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ। यसले आम नेपालीको दैनिक जीवन संस्कृति संस्कार र परम्परासँग पनि गहिरो सम्बन्ध राख्छ।
असार १५ गते नेपालको गाउँ–गाउँमा किसानहरु युवा–युवती बुजुर्ग बालबालिका सबै हिलोमा पस्ने धानको रोपाइँ गर्ने रमाइलो गर्ने लोकगीत गाउने र दही–चिउरा खाने गरिन्छ।
यसरी धान रोपाइँ गर्दा किसानहरुको श्रमको सम्मान गरिन्छ भने यो पर्वले समाजमा एकात्मकता, रमाइलो र सांस्कृतिक पहिचान पनि दिन्छ।
धानको उत्पादन नेपालको अर्थतन्त्रको लागि अत्यन्तै महत्त्वपूर्ण छ। समग्र कृषिले देशको कुल गार्हस्थ उत्पादनमा साढे २६ प्रतिशत योगदान दिन्छ भने कुल कृषि उत्पादनमा धानको योगदान २० प्रतिशत छ। यसको अर्थ धानको उत्पादनमा हुने घटबढले समग्र आर्थिक वृद्धि दरमा पनि उल्लेख्य प्रभाव पार्छ।
तर हालका वर्षहरुमा मनसुनको अनिश्चितता जलवायु परिवर्तन कृषि योग्य जमिनको अभाव र शहरीकरणका कारण धानको उत्पादनमा चुनौतीहरु बढ्दै गएका छन्। यसपालि पनि असार मध्यसम्म देशका धेरै भागमा पर्याप्त वर्षा नभएका कारण धान रोपाइँ समयमै सम्पन्न हुन सकेको छैन।
नेपालका किसानहरु वर्षभरि आफ्नो परिवारको भोजन र देशको खाद्य सुरक्षाको लागि कठोर श्रम गर्छन्। तर उनीहरुको श्रम र समर्पणलाई उचित मूल्य प्राप्त हुँदैन। धानको उत्पादनमा आधुनिक प्रविधि सिंचाई र उर्वरकको अभावले पनि किसानहरुले ठूलो चुनौती झेलिरहेका छन्।
धान दिवस केवल कृषि पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान पनि हो। यस दिन गाउँ–गाउँमा सामूहिक रूपमा धान रोपाइँ गरिन्छ। युवा–युवतीहरुले हिलोमा खेल्ने, लोकगीत गाउने, र रमाइलो गर्ने गर्छन्। यसरी यो दिनले समाजमा एकात्मकता, सहकार्य र सांस्कृतिक पहिचान कायम गर्छ।
धान दिवस मनाउन थालेपछि धान र यसको मुख्य परिकार भातको बारेमा चासो बढेको छ। तर हालका वर्षहरुमा मनसुनको अनिश्चितता, जलवायु परिवर्तन कृषि योग्य जमिनको अभाव र शहरीकरणका कारण धानको उत्पादनमा चुनौतीहरु बढ्दै गएका छन्।
नेपालले आफ्नो खाद्य सुरक्षाको लागि धान उत्पादनमा आत्मनिर्भर हुनुपर्छ। तर हालसम्म पनि धान–चामलको ठूलो मात्रामा आयात गरिन्छ। चालु आर्थिक वर्षको ११ महिनामा झण्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको छ।
यसरी धान दिवसले किसानहरुको श्रम समर्पण र योगदानलाई सम्मान गर्छ। साथै यो दिनले नेपालको खाद्य सुरक्षा आत्मनिर्भरता र सांस्कृतिक पहिचानलाई पनि बलियो बनाउँछ। आशा गरौं भविष्यमा नेपाली किसानहरुको संघर्ष कम हुनेछ र धानको उत्पादन बढेर देश आत्मनिर्भर बन्नेछ।
आज असार १५ किसानहरु राष्ट्रिय धान दिवस मनाउँदै
दही चिउरा खाएर धान दिवस मनाइँदै
फरकपोस्ट संवाददाता
- Mise Minimum Winamax? It’s Easy If You Do It Smart
- Wazamba Καζίνο για Έλληνες Παίκτες — 6021bc1b
- LeonBet vu par un spécialiste du casino en ligne
- Avis professionnel sur LeonBet Casino
- Insider Secrets to 1xBet Online Download App for Android: Online Strategies Telecharger 1xBet Application Expert Insights.
- Zoom sur LeonBet Casino avec un avis expert
- लोक दोहोरीका दुई हस्ती बसन्त र प्रल्हादको नयाँ स्वाद ओखल ढिकीमा
- Find Out Now, What Must you Do For Quick Mise Minimum Winamax?
- Πλατφόρμα Καζίνο Wazamba: Εγχειρίδιο Slots περί online Φρουτακια Internet μαζί με demo Demo Online στην ελληνική κοινότητα Slots και Προσφορές και Demo Online με Ευκαιρίες.
- The No. 1 Betclic élite 2024 2025 Mistake You are Making (and 4 Ways To repair It)