News Portal

जन एकता युवा क्लबले गर्याे एकल महिलालाई सम्मान

२१ पटक

जन एकता युवा क्लब स्वर्गद्वारी नगरपालिका वडा नम्वर ०२ नयाँगाउँले एकल महिलालाई सम्मान तथा दर खुवाउने काक्रम गरेकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे विशेष अवसर पारेर एकल महिलालाई सम्मान, दर खुवाउने कार्यक्रम सँगै नाचगान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

नयाँगाउँ टाेलमा रहेका १५ जना एकल महिलाहरुलाई गुन्यु चोलो र पछेउरी सहित क्लबले सम्मान गरेकाे हो । एकल महिलालाई सम्मानका लागि सम्मान सामग्री स्वर्गद्वारी ०२ हाल जापान निवासी युवा समाजसेवी नवीन बस्याल ज्यूले सहयाेग स्वरुप उपलब्ध गराउनु भएकाे हाे । आजकाे समाजमा पनि एकल महिलाहरुलाई अलि फरक दंगले हेर्ने सामाजिका परिपाटी सहितका गलत परम्परा अझै गाउँ समाजमा जिवित रहेकाे हुदाँ यस्ता कुप्रथा र रुदिवादीलाई परास्त गर्दै समाजमा सबैकाे अस्तित्व उस्तै र उत्तिकै हाे भन्ने कुरालाई दर्शाउन र हाैसला प्रदान गर्नका निम्ति क्लबले यस्ताे कार्यक्रमकाे आयाेजना गरेर एकल महिलाहरुलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष कमल बुढाले जानकारी दिनुभयाे ।

क्लबका अध्यक्ष कमल बुढाकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिका वडा नं‌‍. ०२ का वडा सदस्य पुरन घर्ती रहनु भएकाे थियाे भने विशेष अतिथिकाे रुपमा ०२ नं‌‍. वडा कार्यालयका वडा सचिव खिराज गिरी रहनु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि घर्तीले पालिका वडा लगायतका स्थानीय सरकारका निकायहरुले गर्नुपर्ने काम एउटा टाेलमा स्थापना गरेर क्रियाशिल रहदै आएकाे युवा क्लबले गर्नु असाधरण विषय भएकाे बताउनु भयाे साथै उहाँले यस्ताे उदारणीय कामका निम्ति क्लब परिवारलाई धन्यवाद व्यक्त गर्नुभयाे । यस्तै मन्तव्य दिनुहुदै प्रमुख अतिथि वडा सचिव गिरीले क्लबले एकल महिलाहरुलाई सम्मान एवं दर खुवाउने कार्यक्रमकाे आयाेजना गरेर गतिलाे समाजिक सन्देश प्रवाह गर्दै नजिएकाे तीजकाे राैनकलाई थप तेजिलाे पारेकाे बताउनुभयाे । उहाँले यस्ता सामाजिक गतिबिधिहरुमा लागिपर्ने क्लबलाई धन्यवाद समेत दिनुभएकाे थियाे ।

क्बलका उपाध्यक्ष सुनिता बिककाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन क्लबका सचिब रेख बहादुर बुढा मगरले गर्नुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्