News Portal

लोक दोहोरीका दुई हस्ती बसन्त र प्रल्हादको नयाँ स्वाद ओखल ढिकीमा

फरकपोस्ट संवाददाता
२८ पटक

लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको शब्द बसन्त थापाको स्वर संगीतमा नयाँ गीत “ओखल ढिकीमा” सार्वजनिक भएको छ।

लोक दोहोरीका दुई हस्तिको यो फरक सहकार्य दर्शक श्रोताले रुचाएका छन । गीतकार सुवेदीले प्रेमिल शब्दको संयोजन मार्फत गीतलाई बलियो रुपमा प्रस्तुत गरेका छन ।
त्यस्तै संगीतकार एवं गायक थापाले पनि शब्दले मागेको संगीत भरेर आफैंले फरक तरिकाले गाएका छन् । उनको यो फरकपना दर्शक श्रोताले रुचाइएदिएका छन ।

गीतमा बसन्त थापा संगै चर्चित गायिका एलिना चौहानले आवाज दिएकी छिन । श्याश्वेत रसाइलीले संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेको यस गीतको रेकर्डिङ प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

म्युजिक भिडियोमा पल शाह, बर्षा राउत र दुर्गेश थापाको नृत्य रहेको छ । शिव बिकले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन । गीतलाई सफलताको शुभकामना छ ।

प्रतिकृया दिनुहोस्