News Portal

एमसीसीविरुद्ध काे नेपाल बन्द प्रभावकारी

फरकपोस्ट संवाददाताफागुन ४ काठमाण्डाैं
९४८ पटक
फागुन ४ काठमाण्डाैं

नेपाल कम्युनिस्ट पार्टी सहित पाँच राजनितिक दल  र एक मोर्चाको आह्वानमा आयाेजना गरिएकाे नेपाल बन्दकाे प्रभाव प्रभावकारी बनेको छ । नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले मङ्गलबार अपराह्न संयुक्त विज्ञप्ति जारी गरी नेपाल बन्द आह्वान गरेका थिए । एमसीसी विरोधी नेपाल बन्दमा जनस्तरबाटै व्यापक सहयोग र समर्थन प्राप्त भएको आन्दोलनकारी दलले बताएका छन् । सरकारले आन्दोलनकारीलाई देशव्यापी गिरफ्तार गरी दमन गरे पनि ठाउँ ठाउँमै टायर बालेर प्रदर्शन गरिएको छ । बन्दका कारण यातायातका साधन, शैक्षिक संस्था, पसल, कार्यालय, अन्य सङ्घ संस्था ठप्प रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्