News Portal

प्रचण्डको दाैडधुप माधवलाई भेटे लगत्तै देउवा निवास पुगे

फरकपोस्ट संवाददाताअसार २६, काठमाडौं
६७२ पटक
असार २६, काठमाडौं

बिहान नेकपा एमालेका बरिस्ठ नेता माधवकुमार नेपाल संग भेटवार्ता गरेका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका भेटेका छन् । एमालेमा सहमति हुने चर्चा चलिरहेको र कार्यदलको बैठक बस्न लागेको बेलामा दाहालले नेपाललाई भेटेपछि तरंग पैदा भएको छ ।

नेपालसँगको भेटवार्तालगत्तै दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । स्रोतका अनु्सार दाहालले नेता नेपालसँगको भेटवार्ताबारे देउवालाई जानकारी गराएका छन । पछिल्लो समय विपक्षी गठबन्धनको बैठक पनि बस्न सकेको छैन् । एमाले नेता माधव नेपाल पार्टी एकताको लागि गम्भीर भएर लागेकोले गठबन्धनको बैठक बस्न नसकेको बताइएको छ । file photo

प्रतिकृया दिनुहोस्