News Portal

प्यूठान बहाने दुर्घटना अपडेट : २५ दिने शिशु सहित ३ जनाको मृत्युु

फरकपोस्ट संवाददातासाउन २९ प्यूठान
५६७ पटक
साउन २९ प्यूठान

प्युठानको नौबहिनी गाउँपालिका -६ बहाने नजिक खहरे खोलामा आईतबार साँझ भएको जीप दुर्घटनामा एकै घरका दुई सहित ३ जनाको मृत्यु भएको छ ।

प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ४ वर्षीय करुणा बुढा मगर र सोही ठाउँ निवासी जिप चालक समेत रहेका २५ बर्षीय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा १५ जना घाईते भएका छन । घाईतेको बिजुवार अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
अनियन्त्रित भई जीप सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस्