News Portal

हामी कुनै आवेग र उत्तेजनामा आउदैनाैं : केपी शर्मा ओली

फरकपोस्ट संवाददाताश्रावण ०१ काठमाडौं
४५४ पटक
श्रावण ०१ काठमाडौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने बताए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने स्पष्ट पारे ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए । बैठकमा माधवकुमार नेपाल पक्षको उपस्थित नरहेको ओली पक्षले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्