News Portal

दाङकाे सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट

सुरेश राेका मगर कार्तिक १९ दाङ
३९४ पटक
कार्तिक १९ दाङ

दाङ जिल्लामा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट भएको छ । सीटीभीटी अन्तर्गत सञ्चालित सूचना प्रविधि डिप्लोमा तहको छैटौँ सेमेस्टरको परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिएका छन् ।

कम्प्युटर र सूचना प्रविधि अन्तर्गत देशभरका ३३ वटा विद्यालयलाई उछिन्दै मावि सेन्टर नेपालकै उत्कृष्ट भएको हो । विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा शतप्रतिशत उत्तीर्ण भएका छन् ।

२०६६ सालामा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका प्र‍अ पौडेलले जीर्ण स्कुलको भौतिक संरचना निर्माणसंगै शैक्षिक क्षेत्रमा तिव्र विकास गरेका छन् । शैक्षिक क्षेत्रमा देखिएको उल्लेखनीय सुधारले पछिल्ला दिनहरूमा मावि सेन्टरले अभिभावकको मन जित्न सफल भएको छ । भौतिक र शैक्षिक विकासले मेघा विद्यालयको सूचीमा रहेको यस विद्यालयमा २२ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस्