News Portal

लुम्बिनी प्रदेश सांसद दिपेन्द्रकुमार पुन ‘सिजल’ माओवादीमा फर्किए

फरकपोस्ट संवाददातापुस २० काठमाडौं
३९० पटक
पुस २० काठमाडौं

रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर ‘सिजल’ नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

बुधबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट खादा लगाएर पार्टीमा फर्किएर अब पार्टीमा पुनः सक्रिय हुने बताएका हुन् ।

लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दीपेन्द्रले माओवादी केन्द्रमै रहेर काम गर्ने व्यहोराको पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी भारी मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका थिए । त्यति बेला उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उमेदवार बनेका थिए ।

प्रतिकृया दिनुहोस्