News Portal

भिम रावलले गरे सांसद पदबाट राजिनामा दिने घोषणा

फरकपोस्ट संवाददातासाउन २ प्यूठान
४७१ पटक
साउन २ प्यूठान

एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य बाटरा जीनामा दिने घोषणा गरेका छन् । संचारकर्मीहरु संग कुरा गर्दै रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताएका छन ।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

रावलले भने, ‘म पार्टी एकताको पक्षमा उभिएँ तर अनैतिक राजनीति हुन थाल्यो । यो खेलबाट अलग हुनलाई राजीनामा दिँदैछु । मलाई साथीहरूले रोक्न खोजे पनि मेरो निर्णय हो यो ।’

संघीय संसद भवन परिसरमा पत्रकारमाझ राजीनामा पत्रको विवरण सुनाउँदै गर्दा सुरेन्द्र पाण्डेले उनलाई रोक्न खोजेका छन् ।

रावल प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे संस्थागत निर्णय दिनुपर्ने पक्षमा थिए । माधव नेपालसहित अधिकांश सांसद भने देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । देउवालाई विश्वासको मत दिँदा पार्टी एकताप्रयास भत्किने र नदिँदा संसद जोगाउनुपर्छ भन्ने मान्यतालई निरन्तरता नदिएको नैतिक प्रश्न उनीमाथि थियो । यस्तो दबाबमा रहेका रावलले नेता नेपालसँग फरक मत राख्दै फरक बाटो रोजेका हुन् ।

प्रतिकृया दिनुहोस्