News Portal

वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइदैँ

सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पाइने विश्वास

सौगात किङ्ग सिंह माघ १२ काठमाडौँ
३२४ पटक
माघ १२ काठमाडौँ

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै छ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ ।

पञ्चांगका अनुसार वसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो । विद्या, विवेक, बुद्धि र ज्ञान स्वरूपले युक्त भएकी देवीको पूजालाई नै सरस्वती पूजा भनिन्छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

वसन्त पञ्चमीलाई श्रीपञ्चमी पनि भनिन्छ। श्री भन्नाले मूलतः लक्ष्मीलाई बुझिन्छ। यस दिन सरस्वतीको पूजाका अतिरिक्त आर्थिक कारोबारको दिनका रूपमा लिइने हुनाले यस पर्वलाई श्रीपञ्चमी पनि भनिएको मानिन्छ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

प्रतिकृया दिनुहोस्