News Portal

प्यूठानमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

गन बहादुर पेस्तोलचैत १८ प्यूठान
२९६८ पटक
चैत १८ प्यूठान

प्युठानको झिमरुक नदिमा गिट्टी लोड गर्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

प्युठान नगरपालिका – ७ टिकुरी स्थित नयाँ बसपार्क नजिक शनिबार बिहान लु १ ख ३८८९ नम्बरको टिपरले पैदल यात्री गौमुखी गाउँपालिका वडा नम्बर ७ नारिकोट निवासी अन्दाजी २० बर्षिय गिता बिश्वकर्मालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते बिश्वकर्मा लाई उपचारका लागि प्युठान अस्पताल  ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका इन्स्पेक्टर सुशील थापा मगर ले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्