News Portal

पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

फरकपोस्ट संवाददाताबैशाख १९ काठमाडौं
१६९ पटक
बैशाख १९ काठमाडौं

पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्‍ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि विरामी नभएको मन्त्रालयले जनाएको छ ।
संक्रमण बढेसँगै कोरोना विरुद्ध कोरोनाको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्