News Portal

टोपबहादुरले पठाए संसद् सचिवालयलाई बिरामी भएको पत्र

फरकपोस्ट संवाददाताबैशाख २७ काठमाण्डाैं
२४७ पटक
बैशाख २७ काठमाण्डाैं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्रमार्फत संसद सचिवालयलाई जानकारी गराएका छन् ।

रायमाझीले बिरामी बिदा भनेर संसद सचिवालयमा इमेलमार्फत चिठ्ठी पठाएका हुन्। आजै एमालेले पार्टीको सचिव समेत रहेका रायमाझीलाई पदबाट निलम्बन गरेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बिरामी बिदाको चिठ्ठी प्राप्त भएको पुष्टि गरे ।

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै उनलाई सचिव पदबाट निलम्बन गरिएको जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस्