News Portal

‘आदिपुरुष’को संवाद नसच्याए महानगरमा हिन्दी फिल्म चल्न दिन्नौं : बालेन शाह

फरकपोस्ट संवाददाताजेठ ३२ काठमाण्डौ
१२०४ पटक
जेठ ३२ काठमाण्डौ

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश गरिएकाे ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् ।

बिहिवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् ।

साथै उनले यो सच्याउन तीन दिनको समय दिएको स्टाटसमा उल्लेख गरेका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपालको सेन्सर बोर्डले पनि फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ । वितरकका अनुसार बिहीबार अबेरसम्म बोर्डले सेन्सरको प्रमाणपत्र पनि दिएको छैन ।

प्रतिकृया दिनुहोस्