News Portal

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

फरकपोस्ट संवाददातासाउन ५ रोल्पा
८३५ पटक
साउन ५ रोल्पा

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्युु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ निवासी ४९ वर्षका दिलबहादुर घर्तीको मृत्युु भएको हो ।

नैलिबाङ कुईपा धाराका दिलबहादुरलाई श्रावण ४ गते साँझ करिब ९ बजेर ३० मिनेटको समयमा चट्याङ लागेक थियो

घर्तीलाई आफ्नो कान्छो भाइको घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्