News Portal

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको दाबी

फरकपोस्ट संवाददाता जेठ १२ काठमाडौँ
१७४ पटक
जेठ १२ काठमाडौँ

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्