News Portal

१० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

फरकपोस्ट संवाददाताअसार ०३ काकाठमाडौँ
५३ पटक
असार ०३ काकाठमाडौँ

नेपाल सरकार गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले २१ जना सहसचिव तथा उपसचिवको सरुवा गर्दा १० जिल्लामा सिडिओ पनि फेरिएका छन् ।

सहसचिव रामुराज कडरियलाई गोरखा, सुरेश पन्थीलाई भोजपुर, जनार्दन गौतमलाई डडेल्धुरा, सुनिता नेपाललाई इलाम, नेत्रप्रसाद सुवेदीलाई सल्यान, केदारनाथ शर्मालाई जुम्ला, वासुदेव दाहाललाई रोल्पा, पुण्यविक्रम पौडेललाई बैतडी, दिनेशसागर भुसाललाई सिन्धुली र बुद्धबहादुर गुरुङलाई डोटीको सिडिओमा खटाइएको छ ।

मन्त्रालयमा ६ महिनादेखि जिम्मेवारीविहीन रहेका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशककाे जिम्मेवारी दिइएको छ । यसअघि पनि उनले सो विभागमा महानिर्देशक बनेर काम गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्