फरकपोस्ट संवाददाताप्युठान १४ असार

प्युठान जिल्लामा शनिबार साँझ भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्ला सेउलिबाङ वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ १९६.६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार स-साना खोला-नालामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।