News Portal

मधेश प्रदेशबाहेक अन्य प्रदेशमा आज भारी वर्षा हुने सम्भावना

निरज बि.कदाङ १८ असार
७३ पटक
दाङ १८ असार

आज मधेस प्रदेशबाहेक अन्य प्रदेशमा सामान्यदेखि  भारी वर्षा हुने जनाएको छ। दिउँसोदेखि रातिसम्म निरन्तर वर्षा भइरहने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ। केही दिन यता आंशिक देखि भारी वर्षा भइरहेको छ।  जसले गर्दा विभिन्न स्थानमा राजमार्ग अवरुद्ध बाढी पहिरो जस्ता समस्याहरू निम्तिएका छन्। मनसुन सुरु भएसँगै १५ दिनमा ३१ जनाले ज्यान गुमाएका छन्। र २ करोडभन्दा बढीको धनसम्पत्ति क्षति भएको छ। गतवर्षभन्दा यो वर्ष पानी धेरै पर्ने भएकाले जनसमुदायलाई सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ। गृहमन्त्री रमेश लेखकका अनुसार गृह प्रशासन विपत जस्ता घटनाबाट नागरिकको सुरक्षाको लागि आवश्यक उद्धार टोली तथा राहटको व्यवस्थामा लागिपरेको जानकारी दिनुभएको छ। कोशी, बागमती, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्