News Portal

खडेरीको शिकार बन्दै मधेसी किसानहरू

निरज बि.कअसार २८ सर्लाही
११ पटक
असार २८ सर्लाही

गतवर्षको तुलनामा यस वर्ष धेरै वर्षा हुने अनुमान गरिए पनि समयमै प्राप्त वर्षा नहुँदा मधेस प्रदेशका किसानहरू चिन्तित बनेका छन्। देशका विभिन्न ठाउँमा आंशिक देखि भारी वर्षा भइरहेको भएपनि मधेस प्रदेशमा भने असारको महिना सकिनै लागि सक्दा पनि पर्याप्त वर्षा नहुँदा धान रोपाई प्रभावित बनेको छ।

नेपालको अन्नभण्डारको रूपमा चिनिएको तराईमा यस वर्ष समयमा वर्षा नहुँदा आकाशे पानीमा निर्भर धान बाली असारको अन्तिम महिनासम्म पनि रोपाई हुन सकेको छैन। रोपिसकेको धानका बिरुवाहरू सुत्दै छन् भने रोक्नको लागि राखिएको धनको बेर्ना खेतमै  छिप्पिसकेको छ। निश्चित समय अवधि भित्र बेर्ना रोपिएन भने उक्त भेर्नाबाट प्राप्त मात्रामा धान उत्पादन नहुने विज्ञहरू बताउँछन्। जसले गर्दा धान उत्पादनमा धेरै मात्रामा कमी आउने देखिएको छ।<span;>मधेस प्रदेश सरकारले भने मधेस प्रदेशमा वर्षा नहुँदा सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै संघीय सरकारसँग राहत प्याकेजको माग गरेको छ।

त्यसो त नेपाली कृषकहरूको लागी समयमै मलखात उपलब्ध नहुने र भएपनि चर्को मूल्यमा खरिद गर्नुपर्ने, अत्याधुनिक वैज्ञानिक कृषि औजारहरू उपलब्ध नहुनु, उचित मूल्यमा खेतालाहरूको व्यवस्था नहुनु जस्ता थुप्रै समस्याबाट संघर्ष गरिरहेका कृषकहरूको लागि अहिलेको वर्षातले थप चुनौती पैदा गरेको छ।

यस्तो समस्याबाट किसानहरू वर्षौंदेखि समस्या ग्रसित भएपनि राज्यले यसको समाधानमा अहिलेसम्म ठोस भूमिका खेल्न सकेको छैन। तराईका भूभागमा जमिनमुनि प्रशस्त पानी भएपनि सरकारले बोर्डिङ सिस्टममा लगानी गर्न नसक्दा राज्यले अरबौँ रकमको चामल आयात गर्नुपरेको छ। यसको रोकथामको लागि कृषि क्षेत्रलाई सरकारले विशेष ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता देखिन्छ।

प्रतिकृया दिनुहोस्