News Portal

२४ लाख ५० हजार घुस सहित रङ्गेहाट पक्रिए प्रमुख कुमार आचार्य सहित अन्य दुई कर्मचारी

निरज बि.कअसार ३१ भक्तपुर
७१ पटक
असार ३१ भक्तपुर

मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य सहित कार्यालय सहयोगी टिकाराम राउत र नायक सुब्बा दीपक प्रसाद अधिकारीलाई २४ लाख ५० हजार घुस सहित रंगे हात पक्राउ गरेको छ।

चागुनारायण नगरपालिका अन्तर्गत २४ रोपनी चार आना जग्गा मोहि र तलसिङ नाममा पुर्जा बनाउनका लागि रकम लिन लागेको गोप्य सूचनाका आधारमा अख्तियारले छापा मारेको थियो। छापा मार्ने क्रममा मालपोत कार्यालयका प्रमुखको कार्यकक्षबाट २४ लाख ५० हजार घुस रकम बरामद भएको  थियोे।

तीनजना कर्मचारी पक्राउ परेपछि उनिहरुबात  तीनवटा मोबाइल फोन पनि कब्जामा लिएको थियो। पक्राउपछि थप अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्ने अख्तियारको प्रवक्ताले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्