निरज बि.कअसार ३१ दाङ

नेपाल आयल निगमले पेट्रोल डिजेल मटितेलको मूल्य घटाएको छ। भोलि बुधबार ३२ गते बिहानदेखि पेट्रोल रु.५ डिजेल र मट्टीतेलमा रु.१-१ को दरले मुल्य घटाएर बिक्री गर्ने निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।