News Portal

दोहोरी च्याम्पियनका बसन्त विश्वकर्माको तीज गीत “पानपाते ऐना”

फरकपोस्ट संवाददातासाउन ३१ काठमाडौं
८०८ पटक
साउन ३१ काठमाडौं

दोहोरी च्याम्पियनबाट सबैको मन जितेका गायक बसन्त विश्वकर्मा नयाँ तीज गीत “पानपाते ऐना” लिएर आएका छन । गीतमा स्वयम् बसन्त र सीता लामाको आवाज रहेको छ भने शब्द संगीत पनि बसन्तकै रहेको छ ।

भिडियोमा लोमस शर्मा र स्मारिका ढकालको अभिनय र नृत्य हेर्न सकिन्छ। म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन । प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन नवीन घर्तीले गरेका छन ।

गीतलाई फेसबुकमा सार्वजनिक गर्दै गायक बसन्त लेख्छन् मैले यहारुको अपार माया पाएको छु । यहाहरुको यस्तै माया र आशीर्वाद सदैव पाईराखु । गीत हेरेर सल्लाह, सुझाब र प्रतिक्रिया दिनुहोला धन्यवाद । हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्