News Portal

नेकपा प्यूठान उत्पादनमा: झण्डै एक हजार कागती, सुन्तलका विरुवा रोपियो

फरकपोस्ट संवाददाताअसार २५, काठमाडौं
९३९ पटक
असार २५, काठमाडौं

पार्टीको केन्द्रीय नीतिअनुसार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्यूठानमा कृर्षि उत्पादनमा जोड दिएको छ ।

विप्लव नेकपाका नेता कार्यकर्ताहरु कृर्षि उत्पादनमा सक्रिय रहेका छन । नेकपाको हालै सम्पन्न बैठकले कृर्षि उत्पदनसँगैं अन्य आर्थिक उत्पादनतिर पार्टी पंक्तिलाई जोड्ने निर्णय गरेको छ ।

पार्टीको पछिल्लो निर्णयअनुसार जिल्लामा कागती, सुन्तला र तरकारी खेतीका साथैं व्यवस्थित र व्यवसायीक माछा पालनतिर पार्टी केन्द्रित रहेको नेकपाले जानकारी दिएको छ ।

नेकपा जिल्ला सदस्य हरि बस्नेले बताए अनुसार प्यूठानको माण्डवी गाउँपालिका अन्तर्गत उदयरपुरकोटमा करिब ७ सय बोट कागती र सुन्तलाका रोपिएको छ ।

खेर गएका जग्गालाई भाडामा लिएर कृर्षि उत्पादनमा पार्टी जोडिएको नेता बस्नेतको भनाई छ ।

क्रान्तिकारीहरु राजनीतिक क्रान्तिसंगै उत्पादन र कृषि क्रान्तिमा पनि उत्तिकै सक्षम हुन्छन् भन्ने गतिलो उदाहरण विप्लव नेकपा देशव्यापी रुपमा उत्पादनमा जोडिएको कामहरुले देखाइसकेको छ ।

प्रतिकृया दिनुहोस्