News Portal

लोकप्रिय बन्दै एफवान सफ्टको ‘फोन लोन’, बैङ्कहरू उत्साहित

फरकपोस्ट संवाददाताअसार २५, काठमाडौं
३९६ पटक
असार २५, काठमाडौं

विकसित देशमा थोरै आम्दानी गर्नेहरूको पनि क्रेडिटमा पहुँच हुन्छ । निश्चित उमेर पार गरेपछि आम्दानीअनुसार क्रेडिट सुविधा लिन सकिन्छ । तर नेपालमा थोरै कमाइ हुनेहरूलाई क्रेडिट सुविधा भनेको कुन चरो को नाम जस्तै छ । पछिल्लो समय फाइनान्सियल टेक्नोलोजीमा काम गरिरहेको संस्था एफवान सफ्टले सानै कमाइ भए पनि क्रेडिटमा पहुँच विस्तार गर्नकै लागि भनेर ‘फोन लोन’ (मोबाइलबाटै कर्जा लिन मिल्ने) प्रविधिको विकास गरेको छ । जसमा बैङ्कहरूलाई अभ्यस्त गराउँदै ग्राहकलाई फोन लोनका लागि प्रेरित गरिरहेको छ ।

युवाहरूलाई लक्षित गरेर विकास गरिएको फोन लोन एक प्रकारको डिजिटल (मोबाइल) प्रविधि हो । यसलाई बैङ्कहरूले आफ्नो योजनामा सामेल गराएका छन् । युवाहरूलाई क्रेडिटमा पहुँच विस्तार गरी अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले एफवान सफ्टले यस्तो प्रविधिको विकास गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्