News Portal

स्वर्गद्वारीको विकासमा जनप्रतिनिधि र उपभोक्ता समितिको रजाइँ : योजनाका काममा अनियमितता

झइन्द्र भण्डारी असार ३१ स्वर्गद्वारी
१०६३ पटक
असार ३१ स्वर्गद्वारी

स्वर्गद्वारी नगरपालिका प्यूठानभित्र पछिल्लो समय देखिएका अनेकौं अनियमितता माथी जन चासो बढ्न थालेको छ । आफ्नो समाज तथा बस्तीमा सञ्चालन तथा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रक्रियामा जनताहरूले विशेष चासो दिन थालेपछि उपभोक्ता समिती तथा जनप्रतिनिधिहरु आतंकित हुन थालेका छन । उपभोक्ता समिती तथा जनप्रतिनिधिहरूले योजनाका कार्यक्रमहरु मनोमानी एवं पुर्वाग्रही ढंगले संचालन गर्दै अनियमितता गर्न थालेपछि सचेत नागरिकहरूले यस विषयमा विशेष चासो दिएका छन । विभिन्न योजनाहरुमा भए गरेका जनविरोधी गतिविधिको सोधखोज गर्न थालेपछि जनप्रतिनिधि तथा सरोकारवालाहरू अतालिदै आफू सुरक्षित हुने विकल्प खोजिरहेका छन ।

खानेपानी , भौतिक पूर्वाधार विकास लगाएतका योजनाहरूमा जनप्रतिनिधिहरूले आफू निकटका नागरिकहरूलाई उपभोक्ता समितीका पदाधिकारी बनाउनको लागि भुमिका खेल्ने र अनियमिततामा स्वयम् जनप्रतिनिधि नै संलग्न हुने गरेको र अनियमिततालाई संरक्षण गर्ने गरेको स्थानीयको आरोप छ ।

स्वर्गद्वारी नगरपालिका वडा नं. ४ गोठिबाङ प्यूठानमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरूमा अनियमितता भएको हुनसक्ने शंकास्पद क्रियाकलाप देखिन थालेपछि स्थानीय आफैले विशेष जोड दिएर यसको यथार्थता बाहिर ल्याउने बताइरहेका छन । कार्यक्रमको विवरण नियमित प्रक्रिया अनुसार समयमै सुनुवाइ नभएपछि स्थानीयले चौतर्फी दबाब दिएर सम्पूर्ण विवरण माग्न सुरु गरेको एक स्थानीयले जानकारी दिएका छन ।

आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएको गोठिबाङ वृहत् खानेपानी योजनाको आम्दानी खर्च १५ महिना बितिसक्दा पनि उपभोक्ता समितीले सार्वजनिक सुनुवाइ नगरेपछि स्थानीय बासिन्दाहरूले सार्वजनिक सुनुवाइको माग राख्दै आम्दानी खर्च यथाशीघ्र सार्वजनिक गर्न समेत माग गरेका छन् ।

नागरिकहरूको दबाब पछि उपभोक्ता समितीका अध्यक्ष टेकेन्द्र खडकाले ३४ लाख ९० हजार ९ सय २० रुपैयाँ बराबरको आम्दानी खर्च सार्वजनिक गरेका छन । झण्डै ७ लाख २० हजार बराबरको जनश्रमदान गरेका स्थानीयलाई भने यसप्रति चित्त नबुझेको गुनासो गरेका छन । यस्तै योजनाका सम्पूर्ण बिल भर्पाइ र सामाग्री तथा ज्यालाको विवरणको पनि माग गरेका छन । खड्काले जनताको आवाज मत्थर अनौपचारिक रूपमा आम्दानी खर्च प्रस्तुत गरेका गरेको बुझिएको छ ।

वडा नम्बर ४ का वडा सदस्य बलराम खत्री पनि अनियमिततामा अछुतो रहन सकेनन् । उनको असान्दर्भिक अभिव्यक्ति तथा उनकै रहोबरमा भएका अनियमितताले स्थानीयले थप शंकाको दृष्टिकोणले हेर्ने गरेका छन । स्थानीय बासिन्दा शिव संग वडा सदस्य खत्रीले ,” टेकेन्द्रले मलाई पनि केही रकम दिन्छु र तलाई पनि दिन्छु भन्थ्यो तलाई दियो कि दिएन ?” भन्ने कुरा जनता द्वारा बाहिरिएपछि अनियमिततामा जनप्रतिनिधि संलग्न भएको कुरा घाम झैं छर्लङ्ग भएको छ । तर त्यो कुरा वडा सदस्य टेकेद्रले आफूले नभनेको दाबी गर्छन् उनले भने मैले त्यस्तो अभिव्यक्ति कतै दिएको छैन उहाहरुले कहाँबाट सुन्नुभयो मलाई थाहा छैन उनले भने । खानेपानी योजना निर्मामा अनियमित भएको कुरा स्वयम् वडा सदस्य खत्रीले स्वीकार गरिसकेका छन ।

गोठिबाङमै मुख्यमन्त्री तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको केही रकम हिनामिना गर्नको लागि यहाँ पनि जनप्रतिनिधिको चलखेल सुरु भएको स्थानीयले जानकारी दिए। गोठिबाङमा भएका ठुला साना योजनाहरूको सार्वजनिक सुनुवाइ अझै गरिएको छैन ।

मन्दिर निर्माण , खानेपानी आयोजना, सडक निर्माण , स्वरोजगार लगायतका कार्यक्रमहरूमा जताततै अनियमितताको गन्ध आउन थालेपछि जनप्रतिनिधिहरुको वास्तविक चरित्र उदांगो भएको छ ।

चौतर्फी आलोचना र दबाब खेप्नु परेपछि यसबाट उन्मुक्ति पाउन जनप्रतिनिधि तथा उपभोक्ता समितीका पदाधिकारी अपुष्ट स्पष्टीकरण सहित जनताका बिचबाट निक्लिएका छन । यसबाट बदमासी भएको सत्य कुरा जनतामा जान्छ भनेर जनप्रतिनिधि लगायत अनियमितता संलग्न व्यक्तिहरु अतालिएको कुरा प्रष्ट देखिन्छ ।

उपभोक्ता समितिका प्रमुख पदहरूमा इमानदार सोझा र आफ्नो अधीनमा रहने मान्छेलाई राख्ने र हिसाबकिताबमा टाठाबाठा व्यक्ति एवम् जनप्रतिनिधि संलग्न हुने गरेको पाईन्छ । प्रक्रिया पूरा गर्नकै लागि मात्र उपभोक्ता समितीको गठन र पदाधिकारी राखिएको हुन्छ तर उनीहरूलाई कुनै कुराको पत्तो हुदैन । सबैतिर टाठाबाठाहरुकै हालीमुहाली हुने कुरा त नेपाली परिपाटी नै हो ।

जनप्रतिनिधिहरूले आफू निकटका नागरिकलाई उपभोक्ता समितिको नेतृत्व दिन ठूलो भुमिका खेल्छन र संलग्न हुन्छन । जिम्मेवार व्यक्तिहरुको यस्ता गलत रवैयाका कारण स्थानीयहरू आक्रोशित छन ।
हरेक योजनाका पारदर्शी हिसाबकिताब उपभोक्ता माझ देखाउन सरोकारवालालाई धौधौ हुनु स्वभाविक नै हो किनकि त्यहा अनियमितता भएको हुन्छ ।

वडा नम्बर ४ मा मात्र यहीँ प्रक्रियाले सम्पूर्ण योजनाहरूमा करिब १०/१५ लाख योजनाका रकम हिनामिना भएको नागरिकको ठहर छ । नगरपालिका भित्र यी बदमासी र अनियमितता प्रतिनिधि पात्र मात्र हुन ।

प्रतिकृया दिनुहोस्