News Portal

प्यूठानमा करिब २ करोड लागतको थोक बजार

गन बहादुर पेस्तोल साउन १० प्यूठान
८४२ पटक
साउन १० प्यूठान

प्यूठान जिल्लाको मुख्य व्यापारिक केन्द्र नयाँ बजार जुम्रीमा थोक बजार सुरु भएको छ । कृषकहरुद्धारा उत्पादित कृषि तथा पशुजन्य उत्पादनलाई एकै ठाउँवाट विक्री वितरण गर्ने उद्देश्यले थोक बजार सञ्चालन गरिएको हो । थोक बजार सञ्चालनका लागि यसअघि नै धमाधम भौतिक संरचना निर्माण सुरु भई लगभग अन्तिम चरणमा पुगेको छ ।

प्यूठान नगरपालिका वडा न. ३ स्थित नागवेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले जग्गा भाडामा लिई करिव पौने २ करोडको लागतमा थोक बजार सञ्चालनका लागि कार्य अघि बढाएको हो । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको १ करोड र नागवेली बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडको ७८ लाख ४६ हजार ९ सय ८१ गरी कुल १ करोड ७८ लाख ४६ हजार ९ सय ८१ लागतमा थोक बजार कार्यक्रम सञ्चालन गर्न थालेको सहकारी संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताए । ‘थोक बजारमा हाल ३० वटा सटरहरु बनाइने छ । अध्यक्ष पाण्डेले भने-कृषि, पशु तथा लघु उद्यम संग सम्वन्धित व्यवसायलाई प्राथमिकता दिई सटर उपलव्ध गराउने उनको भनाइ छ । थोक बजारलाई व्यापारिक केन्द्रको रुपमा विकास गरी किसान तथा सर्वसाधारण सवैलाई एकै छानामुनि सुविधा पुर्‍याउन थोक बजारले महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष पाण्डेको विश्वास छ ।

जिल्लामा पहिलो पटक नयाँ अभ्यास गर्न थालेको हुदा सम्पूर्ण जिल्लाबासीहरुको सहयोग अपरिहार्य रहेकोे पाण्डेले बताए । सबै क्षेत्रबाट राम्रो सल्लाह सुझावहरु आएको हुदा पछिल्ला दिनमा सहयोग पाउने कुरामा आफू निकै आशावादी बनेको पाण्डेले सुनाए ।

२०७७ पौष २३ गते सम्झौता भई निर्माण कार्य अघि बढेको चोक बजारको संरचना निर्माण कार्यपछि चालु आर्थिक वर्ष देखि चोक बजार सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । संस्थाका सदस्य तथा संस्था आसपास क्षेत्रका कृषक तथा व्यवसायीहरुलाई लक्षित गरी निर्माण गर्न थालिएको थोक बजारमा व्यवसायीलाई सुलभ दरमा व्यापारिक सटरहरु उपलव्ध गराइने समेत संस्थाले जानकारी दिएको छ । ट्रसवाट निर्माण गरिएको कम्पोजिट प्यानल प्रयोग भएको व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने सटरहरु थोक बजारका लागि र संरचना निर्माण गरिएको छ ।

कृषिका क्षेत्रमा आफ्ना सदस्यहरुका लागि विभिन्न कृषि तथा आयमुलक क्रियाकलाप सञ्चालन गर्दै आएको नागवेली बहुउद्धेश्यीय कृषि सहकारी संस्थामा हाल ५०० शेयर सदस्य रहेका छन भने कुल पुँजि ४ करोड पुगेको स्रोतले जानकारी दिएको छ । भौतिक संरचना तयार भइसकेको संस्थाका सञ्चालक समिति सदस्य नारायण खड्काले बताए । ‘प्यूठान नगरपालिकाले पनि कोशेली घर निर्माण गरेको छ’ खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्