News Portal

रोल्पामा जबर्जस्ती करणीको घटना मिलापत्र गराउने वडा सदस्य सहित ७ जना पक्राउ

फरकपोस्ट संवाददातासाउन ११ रोल्पा
७०९ पटक
साउन ११ रोल्पा

बुहारीलाई जबर्जस्ती करणी गरेको घटना मिलापत्र गराउने वडा सदस्य सहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय राेल्पाले पक्राउ गरेको छ । बुहारीलाई जबर्जस्ती गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ बर्षिय पुरुष सहित जम्मा ७ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पिडितका ससुरा समेत रहेका । छन् । अनुसन्धानको क्रममा सो घटना गाँउमै मिलापत्र गराएको आरोपमा सोहि गाँउका वडा सदस्य हिम बहादुर बिष्ट सहित अन्य ६ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । साउन २ गते बिहान ३ बजेको समयमा घटना पश्चात पिडित महिला चिच्याएपछि ससुराले थाहा पाएका थिए ।

स्रोतका अनुसार पीडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिम बहादुर बिस्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए । वडा सदस्यले गाँउमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएर प्राप्त जानकारी अनुसार साउन ३ गते करिव १ बजे बाट छलफल सुरु भयो ।

छलफलमा अभियुक्तले आफ्नो गल्ति स्वीकार गरिसकेका थिए । छलफलमा जुटेकाले उनलाई रु. २०,०००।– (बीस हजार रुपैँया) जरिवाना तोके, जसमध्य रु.५,०००।– (पाँच हजार) पिडित महिलाको लागि र बाँकी रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) गाँउको एक कुनै कोषको लागि छुट्याउने समेत निर्णय भएकाे खुलेको छ । पिडितले पाउने ५,०००।– मध्ये १,०००।– (एक हजार) बराबर छलफलमा जुटेकाहरुले चिया पानी खाने भनेर छुट्याए भने ५००।– (पाँच सय) पिडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने बताए । पिडितले न्याय पाएको अनुभुति गरिनन् । उनले आफ्नो बाबालाई सबै घटनाको बारे बेलिबिस्तार लगाइन । भोलीपल्ट श्रावन ४ गत्ते प्रहरी समक्ष यो घटनाको सुचना पुग्यो । पिडितको जाहेरीका आधारमा अभियुक्त भनेका पिडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भीक अनुसन्धान गर्यो । अनुसन्धानको क्रममा हाल वडा सदस्य सहित जम्मा ७ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्