News Portal

प्यूठानको जस्पुरमा १२ लाख लागतमा कोसेली घर निर्माण हुदै

राधिका भुसाल साउन १२ प्यूठान
७०२ पटक
साउन १२ प्यूठान

प्यूठान जिल्ला माण्डवी गाउँपालिका वडा नं. ३ जस्पुरमा कोसेली घर निर्माण कार्य जारी रहेको छ । गाउँपालिका भित्र उत्पादित स्थानीय स्तरका बस्तुहरुलाई संकलन गर्ने उदेश्यले कोसेली घर निर्माण गरिएको हो ।

लुम्बीनी प्रदेश कृषि मन्त्रालयबाट १० लाख र जस्पुर बगैंचा स्थित साना किसान सहकारी संस्थाको २ लाख गरि १२ लाख लागतका कोसेली घर निर्माण गर्न लागिएको माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए । गाउँपालिकाका ५ वटै वडामा उत्पादन भएका कागती, सुन्तला, अमिला, अदुवा, मह, दालचिनी लगायतका अर्गानिक एवम् स्थानीय उत्पादनका बस्तुहरुलाई संकलन गर्न कोसेली घर निर्माण गरिएको अध्यक्ष रोकाले बताए । कोसेली घर निर्माण कार्य अन्तिम चरणमा पुगेकाले भाद्र महिनामा उद्घाटन गरि साना किसान सहकारी संस्थालाई हस्तान्तरणगर्ने समेत अध्यक्ष रोकाले जानकारी दिए ।

कोसेली घर निर्माण गर्नका लागि गाउँपालिकाले सुचना प्रकाशन गरि आवेदन माग गरेको थियो । गाउँपालिकामा साना किसान सहकारीले मात्र आवेदन दिएको र कुनै अन्य सहकारी संघ संस्थाको आवेदन नपरेकाले साना किसान सहकारीलाई छनौट गरिएको अध्यक्ष रोकाले हामीलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्