News Portal

कोरोनामै स्वर्गद्वारीमा हुलका हुल भक्तजन

प्यार अलि खाँनसाउन १९ प्यूठान
८२६ पटक
साउन १९ प्यूठान

प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारीमा हुलका हुल भक्तजन दिनहुँ आउने क्रम बढेकाले कोरोनाको जोखिम पनि बढेको छ । आइतबार र सोमवार गरी दुई दिनमा मात्र १ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य भक्तजन स्वर्गद्वारी दर्शनमा आएको आश्रमका कोठाहरी तामुप्रसाद न्यौपानेले जानकारी दिए ।

‘विशेष गरि भारतको सिमानाकाबाट आउने धेरै छन्’,न्यौपानेले भने,‘शुरुदेखि नै रोक्ने निकाय मौन हुँदा हामीले मात्र रोक्न सम्भव देखिएन ।’ केहिदिन रोक्न खोजेपनि महाप्रभुको शरण तथा दर्शनमा आएका भक्तजनहरुलाई नैतिकताका कारण कोरोना जोखिम मोल्दै दर्शन गर्न दिएको उनले बताए ।
‘मन्दिरमा दर्शन गर्न नदिँदा रुन्छन् कराउँछन्, बिलौना गर्छन् कसरी रोकौ ?’, न्यौपानेले भने,‘भारतबाट आउनेहरुले कोरोना छैन् महाप्रभुको समिपमा आउँदा सबै हराएर जान्छ भनि विश्वास व्यक्त गर्दछन् ।’ भारतको बलरामपुर, सुनौली, कपिलवस्तु आसपासका जिल्लाबाट दर्शनार्थी आउने गरेको स्वर्गद्वारी आश्रमले बताएको छ ।

स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोकायले बाहिरबाट ठूलो संख्यामा भक्तजनहरु आउँदा जोखिम बढ्ने त्रासमा स्थानीयबासी रहेको बताएका छन् । ‘नित्य पुँजा बाहेक मन्दिर नै बन्द गर्नपर्दछ’,उनले भने, ‘जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यसबारेमा छिट्टै निर्णय लिनुपर्छ ।’

प्रतिकृया दिनुहोस्