News Portal

दीर्घ रोगीलाई ५ र सहिद परिवारलाई तीन हजार दिने अर्थमन्त्री जनार्दनको घोषणा

फरकपोस्ट संवाददाताभदौ २५ काठमाडौं
९७१ पटक
भदौ २५ काठमाडौं

अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ सरकारले दिने घोषणा गरेका छन् ।

यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको बताए ।                   
                              
बजेटका केही पक्ष                                              १. मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामिलाई औषधि उपचार खर्च मासिक ५ हजार ।

२. सहिद परिवारलाई जीवन वृती बापत मासिक ३ हजार ।
३. कोरोनाका कारण रोजगार गुमाएका अनौपचारिक र असंगठित क्षेत्रका अति विपन्न गरिब ५ लाख परिवारलाई एकपटकको लागि प्रती परिवार १० हजार अनुदान प्रदान ।
४. कृषि वाली तथा पशु विमा साविक ५० % बाट बढाएर ८०%

५. प्रत्येक पालिकामा कम्तीमा ५०० वेरोजगार युवालाई विना धितो व्याज अनुदान कार्यक्रम ।

६. विपन्न नागरिकको लागी सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गर्ने ।

७. उच्च हिमालमा नमुना एकीकृत वस्ती

८. प्राविधिक विधाका कक्षा १२ सम्मका विद्यार्थीलाई “पढ्दै कमाउदै कार्यक्रम ” केही नमुना विद्यालयबाट सुरु गरिने ।

९. विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, त्रिचन्द्र कलेज र घण्टाघरलाई पुरानै ढाचामा पुनर्निर्माण गरिने ।

१०. “महिला पहिला कार्यक्रम” संचालन गर्ने ।
११. आन्तरिक तथा वैदेशिक ऋण ३७ अर्व घटाएको ।

प्रतिकृया दिनुहोस्