News Portal

लोकप्रिय गायिका विन्दु परियारको नयाँ गीत ‘तिम्रै हुन पाऊँ’ सार्वजनिक

फरकपोस्ट संवाददाताअसोज ११ काठमाडौं
८१५ पटक
असोज ११ काठमाडौं

चर्चित गायिका विन्दु परियारको आवाजमा नयाँ गीत ‘तिम्रै हुन पाऊँ’ सार्वजनिक भएको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतबाट अत्यधिक चर्चा बटुलेकी गायिका बिन्दुको पछिल्लो समय व्यस्तता बढेको छ ।

कमल खत्रीले शब्द संगीत सृजना गरेकोे गीत गायिका विन्दुले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेकी हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

म्यूजिक भिडियोमा गायिका बिन्दुले नै अभिनय गरेकी छिन् । शान थापाले निर्देशन गरेको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । 

राजीव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्