फरकपोस्ट संवाददाताअसोज ११ काठमाडौं

चर्चित गायिका विन्दु परियारको आवाजमा नयाँ गीत ‘तिम्रै हुन पाऊँ’ सार्वजनिक भएको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतबाट अत्यधिक चर्चा बटुलेकी गायिका बिन्दुको पछिल्लो समय व्यस्तता बढेको छ ।
कमल खत्रीले शब्द संगीत सृजना गरेकोे गीत गायिका विन्दुले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेकी हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
म्यूजिक भिडियोमा गायिका बिन्दुले नै अभिनय गरेकी छिन् । शान थापाले निर्देशन गरेको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
राजीव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।