News Portal

पल शाहलाई थुनामा पठाउन तनहुँ अदालतको आदेश

फरकपोस्ट संवाददाताचैत १० काठमाडौं
१११२ पटक
चैत १० काठमाडौं

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश तनहुँ जिल्ला अदालतले गरेको छ ।

न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । साथै जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको छ ।

प्रतिकृया दिनुहोस्