News Portal

माघ २८ गते देखि पाँचौं चतुर्भुज महोत्सव २०८० आयोजना हुने

फरकपोस्ट संवाददातामाघ २० काठमाडौं
१३९७ पटक
माघ २० काठमाडौं

चतुर्भुज क्लवको आयोजनामा रोल्पा र प्युठानको संगम स्थल चत्तुभुर्जमा पांचौं चत्तुभुर्ज महोत्सव हुने भएको छ ।

यहीँ माघ २८ गते देखि फागुन ०७ गतेसम्म पाचौं चत्तुभुर्ज माण्डबि कृषि, पर्यटन ब्यापार र सांस्कृति महोत्सव २०८० हुने कार्यक्रम संयोजक श्यामलाल भारतीले जनाउनु भएको छ ।

महोत्सवमा विभिन्न कला र संस्कृति झल्किने झाँकी प्रदर्शन, रोटे पिंङ , डुङ्गा, ब्यापारिक स्टल, कृषिसंग सम्वन्धित स्टल साथै दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक श्यामलाल भारतीले जनाउनु भएको छ ।

महोत्सवमा उद्योग, व्यापार, पर्यटन, स्थानीय कला संस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन गरिनेछ भने करिब २०० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाइल्स लगायतको प्रर्दशनी रहनेछ ।

पाँचौं संस्करणका रुपमा आयोजना गर्न लागिएको सो महोत्सवमा १ लाख दर्शकको सहभागिता हुने र करिब रु १ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवको तयारी तीव्र रूपमा भैरहेको आयोजक चतुर्भुज युवा क्लवले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्