News Portal

केन्द्रीय नेताहरू सहित जनकम्युनमा गहुँ काट्दै विप्लव

फरकपोस्ट संवाददाताचैत १० कपिलवस्तु
११७३ पटक
चैत १० कपिलवस्तु

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले बैठक पछिको खाली समयमा किसानका गहुँ काटेर जनश्रमदान गरेका छन । नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानका गहुँ काटिएको नेता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनाएका छन् । प्रकाण्डले कम्युनिस्ट पार्टी संग उत्पादन र श्रम प्रत्येक्ष जोडिने भएकालेे नेपाल कम्युनिस्ट पार्टीले यसलाई क्रान्ति संगसंगै जोडेर लैजाने बताए । यस्तै अर्को नेता हेमन्त प्रकाश ओलीले यो समाजवादी व्यवस्थाको अभ्यास समेत भएको बताए ।

उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू केन्द्रीय जनकम्युन, शिवगढी कपिलवस्तुमा श्रममा सहभागी हुँदै ।’ नेकपाको १२ औं केन्द्रीय कमिटीको बैठक कपिलवस्तुमा चलिरहेको छ ।  बैठकको नेपाली राजनितीवृत्तमा निकै चर्चामा रहेको छ ।

प्रतिकृया दिनुहोस्