
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले बैठक पछिको खाली समयमा किसानका गहुँ काटेर जनश्रमदान गरेका छन । नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानका गहुँ काटिएको नेता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनाएका छन् । प्रकाण्डले कम्युनिस्ट पार्टी संग उत्पादन र श्रम प्रत्येक्ष जोडिने भएकालेे नेपाल कम्युनिस्ट पार्टीले यसलाई क्रान्ति संगसंगै जोडेर लैजाने बताए । यस्तै अर्को नेता हेमन्त प्रकाश ओलीले यो समाजवादी व्यवस्थाको अभ्यास समेत भएको बताए ।
उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू केन्द्रीय जनकम्युन, शिवगढी कपिलवस्तुमा श्रममा सहभागी हुँदै ।’ नेकपाको १२ औं केन्द्रीय कमिटीको बैठक कपिलवस्तुमा चलिरहेको छ । बैठकको नेपाली राजनितीवृत्तमा निकै चर्चामा रहेको छ ।