News Portal

कमल थापाले पाए डाँडा घरे साइली बाट सर्वोउत्कष्ट रेकर्डिस्टको अवार्ड

फरकपोस्ट संवाददाताचैत १४ काठमाडौं
१११० पटक
चैत १४ काठमाडौं

नेपाली गीत संगीतमा उत्कृष्ट योगदान दिन सफल प्रिज्म रेकर्डिङ स्टुडियोका कुसल रेकर्डिस्ट कमल थापा मगरले सर्वोउत्कृष्ट रेकर्डिस्ट विधा बाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् ।

चलचित्र निर्माता निर्देशक  तुलसी घिमिरे तथा नायक रमेश उप्रेतीको हात बाट उनले उक्त अवार्ड थापेका हुन् | केही महिना अगाडी लोकप्रिय गायक स्वरुपराज आचार्य लक्ष्मी मल्लको आवाज, कृष्ण केसीको शब्द तथा संगीतकार श्रीकृष्ण बम मल्लको संगीतमा रहेको सर्वाधिक लोकप्रिय गीत “डाँडा घरे साइली” गीत बाट उनले सर्वाेउत्कृष्ट रेकर्डिस्टको अवार्ड पाएका हुन |

विगत एक दशक देखि निरन्तर रेकर्डिङमा समय खर्चेका अत्यन्तै व्यस्त एवम् कुसल रेकर्डिस्ट थापाले सयौं लोकप्रिय गीतहरू रेकर्डिङ गरिसकेका छन ।

अवार्ड प्राप्तपछि हामी संग कुरा गर्दै उनले भने दुख गरिएको ठाउँबाट यस्तो सम्मान प्राप्त हुदा साच्चिकै खुसी लाग्ने रहेछ र गरिरहेको काम प्रति गर्व महसुस संगै अझै हाैसला मिलेकाले थप तनमनका साथ लाग्ने उर्जा थपिएको हामीलाई बताए ।

प्रतिकृया दिनुहोस्