News Portal

प्यूठानमा सत्तारूढ गठबन्धन र एमाले कार्यकर्ताबिच झडप, ९ जना घाइते

फरकपोस्ट संवाददाताबैशाख २१ प्यूठान
११२६ पटक
बैशाख २१ प्यूठान

प्यूठान जिल्ला सरुमारानी गाउँपालिका वडा नम्वर ६ बुढीचौरमा सत्तारुढ गठवन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी ९ जना यूवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी शुसिल थापाले जानकारी दिएका छन ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगिसकेकाले अवस्था सामान्य भइसकेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्